मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित पाँच जना बाँकी, यी हुन् पदमुक्त मन्त्रीहरु

काठमाडौँ । प्रतिनिधि सभाको विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । योसँगै अब ओलीको पाँच सदस्य मन्त्रिपरिषद् भएको छ ।
संविधान अनुसार २५ सदस्य मन्त्रिपरिषद् बनाउन पाउँछ । ओलीले नियुक्त गरेका २१ मन्त्रीलाई सर्वोच्च अदालतले बदर गरेपछि अब बाँकी पाँच मन्त्री मात्रै रहेका छन् । अब ओलीसहित पाँच सदस्य मन्त्रिपरिषद् भएको छ । उनको मन्त्रिपरिषद्मा उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री बसन्त कुमार नेम्वाङ, कानुनुमन्त्री लिलानाथ श्रेष्ठ, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ रहेका छन् ।
पदमुक्त हुने मन्त्रीहरूमा उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ र राजेन्द्र महतो पदमुक्त भएका छन् । मन्त्रीहरूमा गृहमन्त्री खगराज अधिकारी, शरतसिंह भण्डारी अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, श्री चन्दा चौधरी रहेका छन् ।
यस्तै, एकवाल मियाँ, नारद मुनि राना, गणेशकुमार पहाडी, मोहन बाँनिया र राज्यमन्त्रीहरूमा चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशाकुमारी वि।क।लाई मन्त्रीपदबाट मुक्त गर्न अन्तिरिम आदेश दिएको हो ।
उनीहरूलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको हो ।















गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ स् एक अर्ब डलरमा स्थायी सदस्यता
आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
पूर्वराज्यमन्त्री उप्रेतीको निधन
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
Sonam Lhosar being marked today
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया