टेलिकमको सेवा केही समय बन्द
मेरोन्यूज
२०७८ असार ९ गते १२:४६

काठमाडौं । आज बुधबार बिहानैदेखि अवरुद्ध नेपाल टेलिकमको मोबाइल सेवा सवा २ घण्टापछि खुलेको छ । टेलिकमका सूचना अधिकारी सञ्जित लोहियाले एक सूचना जारी गरी कोर सिस्टममा समस्या आउँदा मोबाइल सेवामा बिहान केही समय समस्या भएको जानकारी दिए ।
उनले कोर सिस्टमा केही समस्या आएपछि देशभरका धेरै ठाउँमा यो समस्या देखियो, तर देशभर ठप्प नभएर केही स्थानमा सञ्चालन भएको सूचनामा उल्लेख गरेका छन् ।
सूचना अनुसार बिहान ६ बदेखि सवा ८ बजेसम्म मोबमाइल सेवा अवरुद्ध भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया