देउवा निवासमा गठबन्धन पक्षको बैठक सुरु
मेरोन्यूज
२०७८ असार ९ गते १७:५७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा गठबन्धन पक्षको बैठक सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूबीच बैठक सुरु भएको हो ।
बैठकमा कांग्रेसबाट देउवासहित रामचन्द्र पौडेल, बालकृष्ण खाण, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जसपाबाट उपेन्द्र यादव र बाबुराम भट्टराई, एमालेबाट माधव नेपाल, भीम रावल र राजमोबाट दुर्गा पौडेल सहभागी रहेका छन् ।
हिजो मंगलबार गठबन्धन पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धि गुम्ने खतरा उत्पन्न भएको बताएको थियो।
सम्बन्धित









सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया