निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता
मेरोन्यूज
२०७८ असार ९ गते १९:१४

काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । एमालेमै रहेका पूर्व विद्यार्थी नेता जीवन राईको नेतृत्वमा दल दर्ता भएको हो । उनको दललाई आयोगले कलम चुनाव चिन्ह्र दिएको छ ।
राई माधव नेपाल निकटका विद्यार्थी नेता थिए । एमालेभित्र अन्तरसंर्घष चलिरहेका बेला राईले गत वैशाखमै आयोगमा दल दर्ताको निवेदन दिएका थिए । आयोगले ४५ दिनको समयावधिमा दल माथी प्रक्रिया पूरा गरेर दुई दिन अगाडि मात्रै प्रमाणपत्र दिएको हो ।
सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । यो दललाई माधव नेपाल पक्षले आन्तरिक रुपमा योजना बनाइृ दर्ता गराएको आशंका गरिँदै आएको छ ।
सम्बन्धित
















बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
Bangladesh EC secretary rules out security concerns, assures smooth polling on Feb 12
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया