‘हामी सबैको रहर शिक्षित , सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु चार अर्व १० करोड तीन लाख ३८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपप्रमुख इन्दिरा कार्कीले आज बजेट प्रस्तुत गर्दै कार्यालय सञ्चालन तथा प्राशासनिक खर्चतर्फ रु ४६ करोड ७० लाख ५२ हजार तथा पूँजीगततर्फ रु तीन अर्ब ५८ करोड ३२ लाख ८५ हजार १५ र वित्तीय व्यवस्थातर्फ रु पाँच करोड खर्च हुने अनुमान प्रस्तुत गर्नुभयो । महानगरपालिकाको कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत छ ।
पूँजीगत खर्चमध्ये पूर्बाधार विकास क्षेत्रमा रु दुई अर्व चार करोड ३९ लाख ३४ हजार ४८, आर्थिक विकास क्षेत्रमा रु १७ करोड ८९ लाख, सामाजिक विकास क्षेत्रमा रु १ अर्व २६ करोड ६९ लाख , सुशासन तथा अन्तर सम्वन्धित९बन वातावरण तथा विपद व्यवस्थापन समेत० क्षेत्रमा रु नौ करोड ३७ लाख खर्च हुने अनुमान गरिएको छ ।
महानगरपालिकाले आगामी आवमा ‘हामी सबैको रहर शिक्षित , सफा, सुन्दर, सुन्दर , सुरक्षित र सक्षम विराटनगर’ नाराका साथ विराटनगरको शहीद रंगशालालाई सुबिधासम्पन्न निर्माण गरी अन्तरराष्ट्रिय स्तरको खेलकूद गतिबिधि सञ्चालन गर्ने,हाटखोला मैदानमा खेलकुद एकेडमीको विकास गर्ने नीति तथा कार्यक्रमममा उल्लेख छ।
यसैगरी कोभीड–१९ महामारीको रोकथाम, उपचार र नियन्त्रणका लागि ठोस कार्यक्रम कार्यान्वयन गर्ने,गर्भवती र जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने,राष्ट्रिय खोप अभियानलाई वडास्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने, वडा नं १५ र १९ मा १५ श्ययाको अस्पताल निर्माण गरी सञ्चालन गर्ने लगायतका कार्यक्रम छन् । महानगर प्रमुख भीम पराजुलीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।रासस
















नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
प्रदेशसभा सदस्यबाट डा जोशीले दिए राजीनामा
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
प्रतिक्रिया