गोरखा नगरपालिकाद्वारा १ अर्ब ५ करोडको बजेट सार्वजनिक

गाेरखा । गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट एवं नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले आगामी आर्थिक वर्षका लागि कूल रु एक अर्ब ५ करोड १ लाख २२ हजार ७३५ को बजेट सार्वजनिक गरिन् ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटअन्तर्गत नेपाल सरकारबाट वित्तिय अनुदान समानीकरणबाट प्राप्त भएको रु २३ करोड ४९ लाख, सशर्त अनुदानबाट प्राप्त रु ३३ करोड ४६ लाख, राजस्व बाँडफाँडबाट प्राप्त भएको रु १० करोड २१ लाख ६४ हजार रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।
त्यस्तै विद्युत् रोयल्टी वापत रु एक करोड ५७ लाख ६० हजार, ९३५, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु एक करोड ३० लाख ४ हजार, राजस्व बाँडफाँडबाट रु एक करोड ३० लाख ४ हजार, समपूरक अनुदान ५० लाख, नगरपालिकाको आन्तरिक स्रोतबाट ८ करोड, सडक बोर्ड नेपालबाट प्राप्त भएको रु ५० लाख बजेटमा समावेश भएको उनले बताए ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटमा बुहक्षेत्रीय पोषण कार्यक्रम, गाउँनगर साँझेदारी कोषबाट प्राप्त रकम, घरजग्गा रजिष्ट्रेसन, सामाजिक सुरक्षा, नगद मौज्जात ४ करोड र नगद लागत सहभागिता बापतको रु दुई करोड रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।








एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
प्रतिक्रिया