कांग्रेस १४औं महाधिवेशनको संघारमा
कांग्रेसका तीन नेताको सन्देश : एउटै टिम बनाएर अघि बढ्न सकारात्मक छौं

काठमाडौं । नेपाली कांग्रेसमा सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सम्वादलाई निरन्तरता दिने जनाएका छन् । हामी एकै ठाउँमा छौं र हाम्रो बीचमा सहमति हुने प्रवल सम्भवाना रहेकाे शशांक महामन्त्री कोइरालाले बताए ।
अब पार्टीलाई एक जुट बनाएर अगाडी कसरी बढ्ने भनेर छलफल भएको उनले जानकारी दिए । उनले भने ,‘आगामी निवार्चनमा हामी एक जुट भएनौँ भने त फेरी पार्टी धारासायी हुन्छ । हामी तीन जना एकै स्थानमा रहेका छौँ ,अब हामी निर्णय गछौँ ,को के मा लड्ने भने ।’
उपसभापति विमलेन्द्र निधीले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’ अलग अलग गुटको हामी एक ठाउँमा बस्नु भनेको नयाँ गुट बनाउँन हैन् गुट तोड्न बसेको उनको भनाई छ । हामीहरु क्रमस छलफलकै रहने उनले जानकारी दिए । नेपाली कांग्रेस पार्टी नयाँ जिम्मेवार बन्ने भनेमा सोचेर हामी अगाडी बढेको उनले जानकारी दिए ।
अब तपाईंहरु एउटै टिम बनाएर जाने हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए । उनले भने, ‘समय आएपछि त्यो हुन्छ । एक–दुई सिटिङमा नै सबै कुरा फाइनल हुँदैन । हामी सकारात्मक दिशातिर गइरहेका छौं । यो छलफललाई निरन्तरता दिनेछौं ।’
यद्यपि कसको नेतृत्व भन्नेबारे सहमति हुन समय लाग्ने उनको भनाई छ । अहिले सकारात्मक रुपमा हामीहरु अगाडी बढ्ने उनले जानकारी दिए । उनले आफूहरुमाथि परिवारवादलाई प्रश्रय दिएको आरोप खारेज गरे । यी तीन नेताहरु सोमबार उपसभापति निधिको निवासमा यसअघि छलफल गरेको थियो ।
भने आज शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भेला भएका छन् । भेटमा पार्टीको आसन्न १४औं महाधिवेशनका साथै राष्ट्रिय राजनीतिबारे छलफल भएको बताइएकाे छ । निधी, सिंह र कोइराला तीनै नेता नेपाली कांग्रेसका तीन हस्तिका छोराहरु हुन् ।
















मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
प्रतिक्रिया