चितुवाको छालासहित दुई जना पक्राउ
मेरोन्यूज
२०७८ असार ११ गते १९:२३

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट चितुवाको अवैध छालासहित २ जना पक्राउ परेका छन् ।
शुक्रबार महानगरीय अपराध महाशाखाले सिन्धुली जिल्लाको मरिन गाउँपालिका–३ सिरटोल घर भई हाल काठमाडौंको स्वयम्भू बस्दै आएका ३२ वर्षीय सुशीलकुमार वाइबा र सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमले घर भई हाल स्वयम्भू बस्दै आएका कान्छाराम वाइबालाई पक्राउ गरेको हो ।
चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी छ लाखमा बिक्रीबितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई स्वयम्भूबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनीहरुको साथबाट १ थान चितुवाको छाला बरामद गरी अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित
















नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया