बाढीले मेलम्चीमा ३ तले पक्की घर बगायो
मेरोन्यूज
२०७८ असार १२ गते ११:४६

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बगाएको हो ।
एक साताअघि आएको बाढीले स्थानीय गोपाल दुलालको उक्त घर उच्च जोखिममा रहेको थियो । सोही घरलाई शनिबारको बाढीले बगाएको सिन्धुपाल्चोक प्रहरी कार्यालयले जनाएको छ ।
घरमा बस्दै आएका सबै अन्त स्थानान्तर भइसकेकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । एक साताअघिको भीषण बाढीका कारण दर्जनौं घर परिवार विस्थापित भइसकेका छन् ।
सम्बन्धित
















प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया