बाढीले मेलम्चीमा ३ तले पक्की घर बगायो
मेरोन्यूज
२०७८ असार १२ गते ११:४६

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बगाएको हो ।
एक साताअघि आएको बाढीले स्थानीय गोपाल दुलालको उक्त घर उच्च जोखिममा रहेको थियो । सोही घरलाई शनिबारको बाढीले बगाएको सिन्धुपाल्चोक प्रहरी कार्यालयले जनाएको छ ।
घरमा बस्दै आएका सबै अन्त स्थानान्तर भइसकेकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । एक साताअघिको भीषण बाढीका कारण दर्जनौं घर परिवार विस्थापित भइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया