सभामुख सापकोटाका कानुन व्यवसायीलाई तोकियो समय

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीलाई प्रतिनिधिसभा विघटन विरुद्धको रिट निवेदनमाथि बहस गर्न डेढ घण्टा समय दिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सभामुख सापकोटालाई पनि विपक्षी बनाइएको छ ।
समयका कारण सरकार र सभामुख पक्षबीचको विवाद सर्वोच्च अदालको संवैधानिक इजलासमा देखिएको थियो । आज संवैधानिक इजलासमा महान्यायाधिवक्ता रमेश बडालले सभामुख पक्षलाई १ घण्टा समय दिन तयार भएपनि सभामुख पक्ष अस्वीकार गरेको इजलासमा जानकारी गराएका थिए ।
उनले भने, ‘हामीले पाएको १५ घण्टामध्ये उहाँहरुलाई १ घण्टा दिन्छु भनेका थियौँ । तर, उहाँहरुले मान्नुभएन ।’
त्यसपछि बोल्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सभामुख पक्षले पाउने १ घण्टामा आधा घण्टा थप गर्ने बताए ।
उनले भने, ‘तपाईंहरुको समय १४ घण्टा भयो, सभामुखज्यूको तर्फबाट बहस गर्न आधा घण्टा थपौंला । आवश्यक परे पछि थपौँला ।’ सभामुख सापकोटाको तर्फबाट बहसका लागि ५ जना कानुन व्यवसायीले वकालतनामा बुझाएका छन् ।
















पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया