नेपालमा सवा १ खर्ब लगानी गर्दै चाइना मोबाइल कम्पनी

काठमाडौँ । चीनको आइसिटी चाइना मोबाइल कम्पनीले नेपालमा १ अर्ब अमेरिकी डलर (१ खर्ब अर्ब १८ अर्ब रुपैयाँ) लगानी गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट (युएनसिटिएडी)ले हालै सार्वजनिक गरेको ‘वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट २०२१’ मा उक्त कुरा उल्लेख गरिएको छ ।
‘सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा चाइना मोबाइलले नेपालमा १ अर्ब डलरको मोबाइल डेटा नेटवर्क परियोजना स्थापना गर्ने कार्य सुरु गरेको छ,’ रिपोर्टमा भनिएको छ ।
नेपालमा चीनले यति ठूलो लगानीको काम गर्ने तयारी गरे पनि सरकार बेखबर रहेको छ । चीनको चाइना मोबाइल कम्पनीले नेपालमा आफ्नो मोबाइल डाटा नेटवर्क सुरु गर्ने प्रतिवेदन जारी भइसकेको छ ।
उद्योग, वाणिज्य तथा आपूत्ति मन्त्रालयका प्रवक्ता डा. नाराणय प्रसाद रेग्मीले चीनको कम्पनीले नेपालमा लगानी गर्नेबारेमा आफूहरूलाई केही जानकारी नपाएको बताएका छन् ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया