नेपालमा सवा १ खर्ब लगानी गर्दै चाइना मोबाइल कम्पनी

काठमाडौँ । चीनको आइसिटी चाइना मोबाइल कम्पनीले नेपालमा १ अर्ब अमेरिकी डलर (१ खर्ब अर्ब १८ अर्ब रुपैयाँ) लगानी गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट (युएनसिटिएडी)ले हालै सार्वजनिक गरेको ‘वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट २०२१’ मा उक्त कुरा उल्लेख गरिएको छ ।
‘सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा चाइना मोबाइलले नेपालमा १ अर्ब डलरको मोबाइल डेटा नेटवर्क परियोजना स्थापना गर्ने कार्य सुरु गरेको छ,’ रिपोर्टमा भनिएको छ ।
नेपालमा चीनले यति ठूलो लगानीको काम गर्ने तयारी गरे पनि सरकार बेखबर रहेको छ । चीनको चाइना मोबाइल कम्पनीले नेपालमा आफ्नो मोबाइल डाटा नेटवर्क सुरु गर्ने प्रतिवेदन जारी भइसकेको छ ।
उद्योग, वाणिज्य तथा आपूत्ति मन्त्रालयका प्रवक्ता डा. नाराणय प्रसाद रेग्मीले चीनको कम्पनीले नेपालमा लगानी गर्नेबारेमा आफूहरूलाई केही जानकारी नपाएको बताएका छन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया