अनौपचारिक क्षेत्रमा कार्यरत ४४ लाख श्रमिकको बिमा गरिँदै

काठमाडौं । अनौपचारिक क्षेत्रमा कार्यरत ४४ लाख श्रमिकलाई बिमाको दायरामा ल्याउने प्रक्रिया अघि बढेको छ । सरकारले बजेटमार्फत घोषणा गरेको कार्यक्रमलाई कार्यान्वयनमा लैजान थालेको हो ।
अर्थ मन्त्रालयले बिमा समितिसँग निरन्तर छलफल गरेर अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई बिमाको दायरामा ल्याउन र आवश्यक कार्यविधि बनाउन निर्देशन दिएको थियो ।
कार्यविधिको मस्यौदा तयार भइसकेको छ । त्यसमा बिमितले पाउने सुविधा र सरकारले गर्ने सहयोगसमेत उल्लेख गरिएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए ।
बिमा समितिसँग भएको पटक–पटकको छलफल पछि कार्यविधिको मस्यौदा तयार भइसकेको र त्यसलाई अन्तिमरुप दिन मात्रै बाँकी रहेको उनको भनाइ छ ।
रोजगारीमा भएका श्रमिकमध्ये सबैभन्दा असुरक्षित अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर छन् । उनीहरुको तलब सुविधा पनि खातामा जाँदैन । उनीहरुले न्यूनतम पारिश्रमिक पाउने ग्यारेन्टी पनि छैन । जागिर कहिलेसम्म पाइन्छ भन्ने टुंगो पनि हुँदैन ।
सबैभन्दा जोखिम मोलेर काम गर्ने मजदुर पनि उनीहरु नै भएकाले सरकारले त्यस्ता मजदुरको हित गर्न बिमाको दायरामा ल्याउन लागेको उनले बताए ।
७ लाख रुपैयाँ बराबरको बिमा हुने, निर्माण व्यवसायीले टेन्डर हाल्दा नै उनीसँग भएको मजदुर र बिमा गर्दा लाग्ने शुल्क समावेश गर्नुका साथै निर्माण व्यवसायीलाई पनि कुनै आर्थिक भार नपर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
आफूसँग भएका मजदुर कति छन् ? र, ती मजदुरको बिमा गर्न कति खर्च लाग्छ । निर्माण व्यवसायीले टेन्डर रकममै समावेश गर्न सक्छन् । यदि आफ्नो मजदुरको बिमा नगरी टेन्डरमा सहभागी भएमा उनीहरु टेन्डर प्रक्रियामा सहभागी नै हुन नपाउने व्यवस्था गरिएको आचार्यले जानकारी दिए ।
कार्यविधि स्वीकृत भएपछि बिमा समितिले पोलिसी जारी गर्छ र बिमा कम्पनीले उक्त पोलिसीलाई कार्यान्वयनमा ल्याउने अर्थको भनाइ छ । पोलिसी कार्यान्वयनमा गएपछि निर्माण व्यवसायीले बिमा कम्पनीसँग उक्त पोलिसी अनिवार्य रुपमा लिनुपर्ने छ ।
तथ्यांक विभागका अनुसार अनौपचारिक क्षेत्रमा ८४ दशमलब ६ प्रतिशत मजदुर रोजगारीमा छन् । ती मजदुर कारणवश दुर्घटनामा परेर ज्यान गएमा कतैबाट पनि आर्थिक सहयोग नपाइने देखिन्छ ।
त्यही भएर सरकारले घाइते भएको अवस्थामा उनीहरुको उपचार र मृत्यु भएमा ७ लाख रुपैयाँ उपलब्ध गराउने गरी कार्यविधि बनाएको हो । बिमितले कुनै पनि प्रिमियम तिर्नु नपर्ने अर्थले बताएको छ । नयाँ बिमा योजना आगामी आर्थिक वर्षदेखि लागू हुँदै छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया