शनिबार, माघ ३, २०८२

राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी

मेरोन्यूज २०८२ माघ ३ गते १७:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिने बताएका छन् । गृह जिल्ला बर्दियाको क्षेत्र नम्बर १ का मतदातासँग शनिबार बिहान भएको भेटघाटमा गौतमले यो जानकारी दिएका हुन् ।

उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने भएकाले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन लागेको बताए । त्यसका लागि शनिबार नै काठमाडौं फर्किन लागेको उनले बताए ।

एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम २०४८ सालदेखि नै बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका थिए । २०७० सालमा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडेका थिए । तर चुनाव जित्न भने सकेनन् ।

प्रतिक्रिया