संविधान विपरित ४५६ पालिकाले अझै ल्याएनन् बजेट
सरकार कार्य सञ्चालन ऐन, २०७४ र अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम स्थानीय सरकारले असार १० सम्म आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।

काठमाडौं । संविधानतः स्थानीय सरकारले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने हो । तर अधिकांश स्थानीय तहले संवैधानिक प्रावधान लत्याएका छन् ।
सङ्घीय सरकारले अध्यादेशमार्फत गत जेठ १५ गते आर्थिक वर्ष २०७८/०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाखको बजेट प्रस्तुत गरेको छ । तर नयाँ आर्थिक वर्षको मुखमै आइपुग्दासमेत आधाभन्दा बढी स्थानीय तहहरुले बजेट प्रस्तुत गरेका छैनन् ।
सरकार कार्य सञ्चालन ऐन, २०७४ र अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम सङ्घीय सरकारले असार १५, प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० सम्म आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले ताेकिएकाे मितिमै बजेट पेश गरेका छन्
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार आजसम्म ७५३ स्थानीय तहमध्ये २९७ पालिकाले मात्र बजेट पेश गरेका छन् । अझै पनि ४५६ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । देशभर २९३ नगरपालिका र ४६० वटा गाउँपालिका छन् ।
बजेट पेश नगर्नेमा कर्णालीका स्थानीय तह बढी
संघीय मामिला मन्त्रालयका अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशका स्थानीय तहले बजेट पेश गरेका छैनन् । कर्णालीका ७१ मध्ये १६ पालिकाले मात्र निर्धारित समयभित्रै बजेट पेश गरेका छन् भने ६३ पालिकाले अझै बजेट पेश गर्न सकेका छैनन् ।
यस्तै प्रदेश २ का १३६ मध्ये ९३ स्थानीय तहले बजेट पेश गरेका छैनन् । प्रदेश नं १ का १३७ मध्ये ७७, वाग्मती प्रदेशका ११९ मध्ये ७५, गण्डकीका ८५ मध्ये ३१, लुम्बिनीका १०९ मध्ये ५९ र सुदूरपश्चिमका ८८ मध्ये ५८ पालिकाले अझै बजेट पेश नगरेको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहले समयमै बजेट पेश गर्न नसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेटकाे विवरण पठाउन सबै स्थानीय तहलाई ताकेता गरेकाे छ ।
कानूनबमोजिम बजेटसम्बन्धी प्रक्रिया पालना नभए संघीय सरकारबाट हस्तान्तरण हुने सबै प्रकारका अनुदानको निकासा र राजस्व बाँडफाँटको रकम हस्तान्तरण प्रक्रियामा पनि कठिनाई आउने अर्थ मन्त्रालयकाे भनाइ छ ।
केन्द्रबाट स्थानीय तहमा चार प्रकारका अनुदान, राजस्व बाँडफाँट तथा प्राकृतिक स्रोतको बाँडफाँटमार्फत बजेट जाने गर्छ । सोही स्रोतलाई आधारमा मानेर स्थानीय तहले अनुमानित बजेट बनाएर गाउँसभामा प्रस्तुत गर्नुपर्ने हुन्छ ।
कुन प्रदेशका कुन पालिकाले बजेट पेश गरे/गरेनन् हेर्नुहोस्ः


दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति पौडेल
मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर
DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया