डिआइजी सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस
मेरोन्यूज
२०७८ असार १४ गते २१:१९
काठमाडाैैं । गृह मन्त्रालयले नेपाल प्रहरीका डिआइजी सहकुलबहादुर थापालाई एआइजीमा बढुवा गर्न सिफारिश गरेकाे छ । बढुवा समितिकाे सचिवालयले आज बढुवा सिफारिशकाे सूची निकालेकाे हाे ।
यसअघि मन्त्रिपरिषद्ले एउटा एआइजीको पद थप गर्ने निर्णय गरेको थियो । सोमबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हाे ।
थापा पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए । थापाकाे एआईजीमा बढुवा भएसँगै भावी आइजिपीका लागि विश्वराज पाेखरेल र उनीबीच प्रतिस्पर्धा हुनेछ । हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउँदैछन् ।

सम्बन्धित
















नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया