सिंह निवास चाक्सीबारीमा लञ्च मिटिङ हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह तेस्रो लञ्च मिटिङ हुने भएको छ । आज मंगलबार दिउँसो सिंह निवास चाक्सीबारीमा लञ्च मिटिङ हुने भएको हो ।
यसअघि गत शुक्रबार निधि निवासमा र सोमबार कोईराला निवासमा लञ्च मिटिङ भएको थियो । आसन्न महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका उनीहरूबीच सहमतिमा नेतृत्व चयन गर्ने गरी छलफल जारी राखेका हुन् ।
निधि, कोइराला र सिंहबीच निरन्तर भइरहेको छ । शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा हुन् भने विमलेन्द्र महेन्द्रनारायण निधि र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् ।
पार्टीमा पारिवारिक विरासत फर्काउने प्रयासमा रहेका उनीहरूको छलफलले आगामी महाधिवेशनमा नयाँ समीकरण बन्ने आधारका रुपमा लिएको छ । कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्य तालिका रहेको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
प्रतिक्रिया