प्रधानन्यायाधीशको प्रश्न : प्रधानमन्त्रीले सिफारिस नलिई संसद विघटन गर्न मिल्छ ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६ (७)को व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्रीले संसदको सिफारिस नलिई प्रतिनिधिसभा विघटन गर्न मिल्छ ? भनेर प्रश्न गरेका छन् ।
संवैधानिक इजलासमा नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गरिरहँदा प्रधानन्यायाधीशले भने, ‘धारा ७६ (७)को व्यवस्था पढ्नुस्, सो उपधाराअनुसार संसदको सिफारिस नलिई प्रधानमन्त्रीले विघटन गर्न मिल्छ ?’
नायव महान्यायाधिवक्ता पाण्डेयलाई न्यायाधीश मिरा खड्काले समेत प्रश्न गरेकी थिइन् । उनले सोधिन्, ‘उपधारा ५ मा आधार विश्वसनीय नभएमा भन्ने छैन, आधार नभए रिजेक्ट गर्ने राष्ट्रपतिले हो भने त्यो निर्णयबारे कानुनी पुनरावलोकन गर्ने अधिकार अदालतको होइन ?’
जवाफमा पाण्डेयले राष्ट्रपतिकहाँ प्रधानमन्त्री नियुक्तिको आधार पेस हुन नसकेको जिकिर गरे । पाण्डेयले भने, ‘त्यसैले राष्ट्रपतिले आफैले निर्णय गर्नुको विकल्प थिएन ।’
















‘फास्ट ट्रयाक’मा टुचन मेसिन खस्दा मजदुरको मृत्यु
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
NA passes Film Bill
इजरायलद्वारा वेस्ट ब्याङ्कबाट २३ जना प्यालेस्टिनी पक्राउ
सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : प्रजिअ थपलियाद्वारा मतदानस्थल र मतदान केन्द्रको अनुगमन
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
प्रतिक्रिया