बागमतीमा पानीको बहाब बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह
मेरोन्यूज
२०७८ असार १६ गते १०:३९

काठमाडौं । गएरातिदेखि आएको भारी वर्षाका कारण बागमती र लालबकैया खोलामा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ । बागमती,लालबकैया,चादी लगाएतका खोला तथा नदीमा पानीको सहत बढ्दै जाँदा जिल्लाका दक्षिणी भेगका गाउँहरु डुवानमा पर्ने खतरा बढ्दै गएकाले जिल्ला प्रशासनले सतर्क रहन आग्रह गरेको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव अहिले बागमतीमा पाँच सय ३० मिलि पानी मापन भएका कारण सतर्क रहन आग्रह गरिएको जानकारी दिए ।
बागमतीको पानीको सतह पाँच सय मिलिभन्दा माथि रहे तटीय क्षेत्रमा खतरा हुने मानिएको छ ।
गत वर्ष बागमती र लालबकैया खोलामा आउने बाढीका कारण गौर डुवानमा परेको थियो ।
सम्बन्धित
















सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति
देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित
तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया