१०२ दिनमै भंग भयो एमाले महाधिवेशन आयोजक कमिटि
काठमाडौं । सत्तासिन दल नेकपा एमालेले आगामी मंसिर ३ देखि ७ गतेसम्म पार्टीको दशौं महाधिवेशन आयोजना गर्ने निर्णय गदै केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटिमा बदलेको थियो । नवौं महाधिवेशनवाट निर्वाचत केन्द्रीय कमिटि र नेकपामा रहँदा केन्द्रीय सदस्य समेत रहेका नेता समेतलाई समेटदै महाधिवेशन आयोजक कमिटि २६४ सदस्यीय हुने निर्णय एमालेले लिएको थियो ।
सर्वाेच्च अदालतले एमाले र माओवादी वीचको २०७५ जेठ ३ मा भएको एकतालाइृ वदर गदै एमाले र माओवादी नै ब्यूताईदिने निर्णय २३ फागुनमा गरिदिएपछि एमालेको ओली पक्षले बैठक वसेर आयोजक कमिटि बनाएर जाने नीतिगत निर्णय गरेको थियो ।
माधव नेपाल पक्षका नेताहरुलाई बोलाउँदै नबोलाई बसेको बैठकले अध्यष र महासचिव यथावत राख्ने र सवै पदाधिकारी भंग गर्ने निर्णय पनि लिएको थियो ।
नेपाल पक्षमा त्यसमा आपत्ति जनाउादै आएको थियो ।
त्यसलाई औपचारिक २०७७ चैत ७ गते वसेको केन्द्रीय कमिटिको बैठकले गरेको थियो ।
तर त्यसरी बनेको आयोजक कमिटि १०२ दिनमै भंग भएको छ । वुधबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले आयोजक कमिटि भंग गदै पून: केन्द्रीय समितिलाई ब्यूताएको हो ।
स्थायी समितिमा थपिए ८ नेता
केन्द्रीय कमिटि ब्यूतिएसँगै एमालेका नवौं महाधिवेशनले निर्वाचित सवै नेताहरुको जिम्मेवारी पनि ब्यूतिएको छ । पदाधिकारी र स्थायी समिति पनि सोही आधारमा ब्यूतिएको छ । तर वुधबारको आयोजक कमिटिको बैठकले स्थायी समिितमा भने ८ नेतालाई थप गर्ने निर्णय पनि गरेको छ । जसअनुसार रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाल एमालेतर्फबाट नै स्थायी समितिमा मनोनित भएका छन् ।
माओवादी छोडेर एमालेमा पुगेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई पनि स्थायी समितिमा मनोनित गरेको छ ।
केन्द्रीय कमिटि बैठक १८ गते
पूरानै संरचनामापार्टी ब्यूताउने निर्णय पछि एमालेले केन्द्रीय कमिटिको बैठक १८ असारमा बोलाएको छ । त्यो बैठकमा भने माधव नेपाल सहति सवै नेताहरुलाई निम्तो हुनेछ । तर एमालेको यो पछिल्लो निर्णयमा नेपाल पक्षले के गर्लान् ? केही खुलेको छैन । ओलीको आयोजक कमिटिको बैठक वालुवाटारमा वसिरहदा नेपाल आफु निकट स्थायी कमिटि सदस्यहरुसँगको छलफलमा ललितपुर वालकुमारी स्थित कृष्णलाल महर्जनको निवासमा छलफलमा थिए ।
त्यो छलफल पछि नेता नेपाल विपक्षी गठवन्धनले आज पनि नयाँ वानेश्वरस्थित संसद भवनमा नागरिक समाजका अगुवाहरुसँग आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागी हुन बानेश्वर पुगेका छन् ।

















काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया