अभियान्ता ज्वाला संग्रौलाको विवाह दर्ता नै कीर्ते, यी कसुरमा हुँदै छानविन

काठमाडौँ । आफूलाई सामाजिक अभियान्ता बताउँदै आएकी ज्वाला संग्रौला उर्फ टीका आफ्नो विवाह दर्ताको सरकारी कागज पत्र किर्ते गरेको पाइएको छ ।
युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कुटपिट भएको भन्दै जाहेरी दिएपछि असार ६ गते पक्राउ परेकी थिइन् । सोही क्रममा अनुसन्धानका लागि प्रहरीले अदालती प्रक्रिया पूरा गर्न उमेर पुगेको कागज पत्र प्रमाणीत गर्दा उनले पेश गरेका कागजातमा कीर्ते गरेको पाइएको हो ।
संग्रौलाको जन्म स्थानसमेत रहेको पाँचथरको हिलिहाङ गाउँपालिकामा कागजात भेरिफिकेसनका लागि विवरण माग्दा सरकारी छाप र लेटरप्याडको दुरुपयोग गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीले ज्वालासहित हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि पक्राउ गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले ज्वालाबाट प्राप्त गरेको जन्मदर्ता र विवाह दर्ता प्रमाणीत गर्न सोधखोज गर्दा उक्त कागजपत्रहरू फर्जी भएको प्रमाणीत भएको छ ।
ज्वालाले प्रहरीमा पेश गरेका उक्त कागजात २०७४ असार ५ मा साविका साबिक सुभाङ गाविसको लेटर प्याडमा प्रमाणित गरिएका छन् । तर, त्यसको ४ महिनाअघि नै तत्कालीन गाविस संघीय संरचनाअनुसार गाउँपालिका भइसकेको थियो ।
संघीय संरचना २०७३ साल चैत्र ३ गतेबाट साबिक सुभाङ गाविस ३ नम्बर वडादेखि ७ नम्बर वडा हालको हिलिहाङ ५ को वडा भइसकेको भन्ने व्यवहोराको पत्र गाउँपालिकाले परिसरमा पठाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतका अनुसार ज्वालाविरुद्ध अभद्र व्यवहार, जातीय भेदभाव र सरकारी लिखत कीर्तेसम्बन्धी कसुरमा छानबिन भइरहेको छ ।
गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आक्रमण गरेको थियो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>










पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया