ट्र्याक्टर दुर्घटनामा परी एकको मृत्यु

पाँचथर । पाँचथरमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ ७ः०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो ।
मे१त ६५७७ नंको ट्र्याक्टर सडकबाट करिब ३० मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा फालेलुङ–३ घर भएका ट्र्याक्टर चालक ४० वर्षीय अकलबहादुर लिम्बू, ४६ वर्षीय कर्ण राई र ३० वर्षीय मनकुमार राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
शरीरका विभिन्न भागमा चोट लागेका घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । दुर्घटना सदरमुकाम फिदिमबाट ६८ किलोमिटर पूर्वमा भएको हो । रासस
















सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया