वागमती प्रदेशका पाँच उत्कृष्ट किसान पुरस्कृत

हेटौंडा । वागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ ।
वागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौंडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो ।
पुरस्कृत हुनेमध्ये पहिलो स्थानमा नोबेल एग्रीकल्चर फर्म चितवनका कृष्णप्रसाद न्यौपाने, दोस्रोमा एसएस कटफ्लाओर नर्सरी काठमाडौंका अन्जना आचार्य, तेस्रोमा लालीगुराँश डेरी फार्म एण्ड रिर्सच सेन्टर चितवनका कृष्ण भण्डारी रहेका छन् ।
चौथोमा एग्रो एण्ड लाइभस्टक नेपाल प्रालि रामेछापका राजनबहादुर लामा र पाँचौ स्थान हुनेमा मेलापात अर्गानीक एग्रो फार्म भक्तपुरका कबिन्द्र श्रेष्ठ रहेका छन् ।
मन्त्रालयले प्रदेशभित्र किसानका विभिन्न विधाअन्तर्गत दूध उत्पादन, प्रशोधन, विविधीकरण तथा बजारिकरण क्षेत्रमा अतुल्य योगदान पु¥याउँदै आएका किसानलाई पुरस्कृत गरेको हो ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया