केन्द्रीय कमिटी बैठक रोक्न ओलीलाई ३ नेताको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधव नेपालनिकट नेताहरूले भेटेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठक बस्नुअघि नेपाल पक्षका नेताहरू सरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले ओलीलाई भेटका हुन् ।
केन्द्रीय कमिटी बैठक बस्ने तयारी हुँदै गर्दा नेपाल समूहका तीन नेताले ओलीसँग छुट्टै भेट गरेको हो । उनीहरूसँगको छलफलका कारण बैठक करिब डेढ घण्टा ढिला गरी सुरु भएको थियो ।
नेपाल पक्षका तीन नेताहरूले प्रधानमन्त्री ओलीलाई एकता कार्यदल औपचारिक रुपमा ब्युँताएर एकताको प्रयास गर्न प्रस्ताव गरेका छन्। उक्त कार्यदलसँग अध्यक्ष ओली र नेता नेपालसमेत बसेर छलफल गर्न उनीहरूले प्रस्ताव गरेका थिए ।
स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा तीन नेताहरूले बैठक रोकेर पार्टी एकताको प्रयास थप मजबुद बनाउन अनुरोध गरिएको थियो । यसको जवाफमा ओलीले साथीसँग छलफल गरेर निर्णय दिने जानकारी गराएका थिए ।
नेता नेपाल समूहका नेताहरूले पुरानो स्थायी कमिटी बैठक बोलाएर कार्यदल बनाई दुई दिनभित्र एकताको काम सम्पन्न गर्न तयारी गर्न ओलीलाई सुझाव दिएका थिए । यसअघि गएराति अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन वार्ता भएको थियो ।
















भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन
स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण
Composition of the 15-member Council of Ministers
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया