स्वास्थ्यकर्मी हत्या प्रकरण : प्रहरी टोली धेरै, अनुसन्धान थोरै

काठमाडौँ । गत असार ५ गते मृत फेला परेकी डडेलधुराको स्वास्थ्यकर्मीलाई हत्या गरिएको पुष्टि भएको १० दिन पुगेको छ । यद्यपि, घटनासँग सम्बन्धित कुनै नौलो तथ्य फेला पार्न सकेको छैन ।
कोरोना भाइरस (कोभिड–१९)को खोप पुर्याउन हिँडेकी २६ वर्षीय अस्मितादेवी धामीको हत्या भएको प्रहरीले असार ८ गते पुष्टि गरेको थियो । तर, पुष्टि गरिएको १० दिनसम्म अनुसन्धान शून्य स्तरको रहेको हो ।
प्रहरीले मृत अवस्थामा फेला पारेको धामीको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा लगेको थियो । शव परीक्षणपछि उनको हत्या गरिएको पुष्टि भएको हो ।
प्रहरीले मृतक धामीको नमुना संकलन गरेर डिएनए परीक्षण गर्न असार ८ गते नै काठमाडौं पठाइएको थियो । तर डिएनए पठाइएको १० औँ दिनसमेत प्रहरीले डिएनए रिपोर्ट नआएको बताएका छन् । चिकित्सकको सुझावअनुसार नै संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।
लामो समयदेखि पानी परेकाले कुनै ठोश प्रमाण प्राप्त गर्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले मेरोन्युजलाई जानकारी दिए । उनले भने, ‘डिएनए रिपोर्ट अझै आएको छैन, त्यो रिपोर्ट आएपछि मात्रै केही भन्न सकिन्छ, अहिले हामी अनुसन्धानमै छौँ ।’
शून्य स्तरको अनुसन्धान
घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको थियो । घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोली पनि खटाइएको थियो ।
गत २ असारमा कार्यालयबाट कोरोनाको खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी धामी परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा मृत फेला परेकी थिइन ।
धामीको शव चार दिनपछि फेला परेको जिल्लाका प्रहरी प्रवक्ता चन्दले जानकारी दिए । उनी डडेल्धुराको परशुराम नगरपालिका ८ को जमरानी आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत थिइन् ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया