युरोकपमा पहिलोपटक भिड्दै स्पेन र स्विजरल्याण्ड

काठमाडौँ । युरोकपको क्वाटरफाइनलमा पहिलो खेल स्पेन र स्विजरल्याण्डबीच हुँदै छ । यी दुई देशबीच आज शुक्रबार राति ९ः४५ बजे रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेल हुने भएको हो ।
स्पेन र स्विजरल्याण्डको खेल सेमिफानल प्रवेशका लागि निर्णयक खेल हुनेछ । यो खेलमा विजय भए सेमिफाइनल प्रवेश गर्नेछ भने पराजित हुने बाहिरिने छ । जसले गर्दा दुवै देश तीव्र प्रतिस्पर्धामा जाने देखिन्छ ।
स्विजरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलको अन्तरले पछि पार्दै क्वाटरलाइनल प्रवेश गरेको हो भने, स्पेनले क्रोएसियालाई ५–३को अन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।
यसपाली स्पेनविरुद्धको खेलमा स्विट्जरल्याण्डका कप्तान ग्रानिट जाकाले खेल्ने छैनन् । लगातार दुई खेलमा पाएको पहेलो कार्डका कारण उनी स्पेनविरुद्धको खेलमा मैदानमा उत्रने नपाउने भएका हुन् । स्विट्जरल्याण्डविरुद्धको खेलमा मैदान उत्रिँदा स्पेनिस टिमलाई चोटले सताउने छैन । प्रशिक्षक इन्रिकेले भन्छन्, ‘खेलाडीहरू पूर्ण फिट छन् ।’
युरोपियन च्याम्पियनसिपमा स्विट्जरल्याण्ड र स्पेनबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपमा भने दुई टिमबीच तीनपटक खेलेका छन् । जसमा स्पेनले दुई जित निकाल्दा एक जित स्विट्जरल्याण्डले निकाल्न सफल भएको थियो ।
अहिलेसम्म दुई टिमबीच २२ खेलमा प्रतिस्पर्धा भइसकेको छ । जसमा स्पेनले १६ खेल जितेको छ भने एक खेल स्विट्जरल्याण्डले जितेको छ । बाँकी पाँच खेल बराबरी रोकिएको छ ।

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

















इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया