क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं । क्यानडा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारीलाई पक्राउ गरेको हो ।
आरोपी अधिकारीले सर्लाहीको लालबन्दी नगरपालिका–७, रानीगञ्ज बस्ने ३० वर्षीय यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै १७ लाख ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पिडित बस्नेतसँग रकम लिएर आलटाल गरी सम्पर्क बिहिन भई फरार भएको भन्ने जाहेरीको आधारमा महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । बस्नेतले गत वैशाख १३ गते जाहेरी दिएका थिए ।
आरोपी अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारी करिब एक करोड पचास लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । अधिकारीलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।
महाशाखाले अधिकारीबाट कोही पनि व्यक्तिहरू पीडित भएमा सम्पर्क गर्नहुन समेत आग्रह गरेको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया