क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं । क्यानडा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारीलाई पक्राउ गरेको हो ।
आरोपी अधिकारीले सर्लाहीको लालबन्दी नगरपालिका–७, रानीगञ्ज बस्ने ३० वर्षीय यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै १७ लाख ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पिडित बस्नेतसँग रकम लिएर आलटाल गरी सम्पर्क बिहिन भई फरार भएको भन्ने जाहेरीको आधारमा महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । बस्नेतले गत वैशाख १३ गते जाहेरी दिएका थिए ।
आरोपी अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारी करिब एक करोड पचास लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । अधिकारीलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।
महाशाखाले अधिकारीबाट कोही पनि व्यक्तिहरू पीडित भएमा सम्पर्क गर्नहुन समेत आग्रह गरेको छ ।
















सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति
देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित
तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया