ताप्लेजुङको सिरिजङ्गामा बसाइँ सर्ने बढेको वढ्यै
मेरोन्यूज
२०७८ असार १९ गते ९:०६

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाबाट एकैवर्षमा पाँचसय जना बढी बसाइँ सरेका छन् । चालू आर्थिक वर्ष २०७७÷७८ को यो अवधिसम्ममा कूल पाँच सय ३० जना बसाइँ सरेर अन्यत्र गएका छन् ।
गाउँपालिका पञ्जीकरण शाखाको तथ्याङ्कअनुसार पाँचसय ३० जना बसाइँ गएका छन् भने २० जना अन्यत्र ठाउँबाट बसाइँ सरी आएका छन् । तथ्याङ्कअनुसार वडा नं। ७ खेबाङबाट सबैभन्दा बढी एकसय ४९ जना बसाइँ सरी अन्यत्र गएका छन् । खेबाङमा चारजना भित्रिएका छन् ।
यस्तै गाउँपालिका–८ याम्फुदिनबाट सबैभन्दा थोरै १३ जना बसाइँ सर्दा एकजना भित्रिएका छन् । यसैगरी वडा नं। १ सिनामबाट ५३, २ आम्बेगुदिनबाट एकसय २०, ३ सिकैँचाबाट ७३ र ४ तेल्लोकबाट ६४, ५ पेदाङबाट ४० र ६ मामाङ्खेबाट १८ जना बसाइँ गएका छन् ।
सम्बन्धित










कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु
जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस
प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया