महाधिवेशन आगामी वैशाख ३० भित्र गर्ने एमालेको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रिय कमिटीको बैठकमा पार्टीको १०औं महाधिवेशन वैशाख ३० गतेभित्र गर्ने प्रस्ताव पेश भएको छ । उक्त प्रस्ताव महासचिव ईश्वर पोखरेलले पेश गरेका हुन् ।
यसअघि एमालेले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने भनिएको थियो । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १०औं महाधिवेशन आयोजक कमिटीलाई भंग गरी केन्द्रिय कमिटीमा रुपान्तरण गरेपछि महाधिवेशन पनि सरेको छ । पोखरेलको संगठनिक प्रस्तावमा पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरिएको छ ।
यस्तै, पार्टी विधान संशोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने प्रस्ताव गरिएको छ । भदौ ५ गते वडास्तरीय अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको छ । यस्तै ३२ वटा पार्टीका केन्द्रीय विभाग प्रमुखलाई पूर्णता दिने प्रस्ताव गरिएको छ । आम निर्वाचनको कार्यतालिकासँग नजुध्ने गरी पार्टी अधिवेशनमा लाग्नुपर्ने पोखरेलले बताए ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया