अस्ट्रेलियाद्वारा कोभिडविरूद्ध लड्न चार चरणका योजना सार्वजनिक, हप्तामा ३ हजार यात्रुलाई मात्र प्रवेश दिइने

काठमाडौं । कोभिडविरूद्ध लड्न अस्ट्रेलियाको केन्द्रीय सरकारले चार चरणका महत्वपूर्ण कार्ययोजना अगाडी सारेको छ । अस्ट्रेलियाको केन्द्रिय मन्त्रिपरिषदको बैठकले खोप अगाडि, खोप पछाडि, स्थायीत्व र सामान्य अवस्थामा फर्कने गरी चार चरणमा मुलुकलाई अगाडि बढाउने निर्णय गरेको हो।
अस्टे«लियन सरकारले अगाडी सारेको नयाँ कार्ययोजनाको नयाँ योजनाको पहिलो चरणमा राष्ट्रिय खोप कार्यक्रमलाई तिब्रता दिने, लकडाउनलाई अन्तिम रोकथामको उपायका रूपमा लागू गर्ने तथा क्वारेन्टिन सम्बन्धी अन्य विकल्पहरू सुरु गरिने भएको छ। राष्ट्रिय होटेल क्वारेन्टिन सञ्जालमाथि थप समीक्षा हुने र संघीय सरकारले हावर्ड स्प्रिङस क्वारेन्टिन केन्द्रमा थप मानिसका लागि स्थान उपलब्ध गराउने भएको छ।
सरकारले दोस्रो चरणको योजनामा गम्भीर प्रकृतिका बिरामी, अस्पताल भर्ना हुने ज्यान जाने अवस्थालाई न्यूनीकरण गरिनेछ। खोप लगाउन लाइनमा बसेका अष्ट्रेलियन नागरिक। यसका साथै थप प्रतिबन्धहरू खुकुलो हुने, अति चरम परिस्थितिमा मात्रै लकडाउन गरिने पनि मोरिसनले बताएका छन्। दोस्रो चरण लागू भएपछि देश भित्रने यात्रुहरूको संख्यालाई पुनः बढाइनेछ जस अन्तर्गत खोप लगाएका मानिसहरूले पहिलो प्राथमिकता पाउनेछन्।
पहिलो चरणमा गरिएको परीक्षणको नतिजा हेरेर खोप लगाइसकेका आफ्ना नागरिकका लागि क्वारेन्टिन सम्बन्धी नयाँ व्यवस्था जारी हुनेछ । दोस्रो चरणमा अन्तर्राष्ट्रिय विद्यार्थी तथा आर्थिक भिसामा अस्ट्रेलिया आउन खोज्ने मानिसलाई तोकिएको संख्यामा भित्र्याइने भएको छ।
तेस्रो चरणमा कोभिड–१९ लाई पनि फ्लु जस्तै सरूवा रोगका रुपमा लिएर यसको प्रभावलाई कम गराइनेछ। तेस्रो चरणमा अस्ट्रेलियाको प्रवेशसँगै देश बाहिर जान चाहने खोप लगाइसकेका मानिसहरू माथि कुनै बन्देज लगाइने छैन। विद्यार्थी, आर्थिक तथा मानवीय भिसा धारकहरूका लागि पनि ढोका खुल्नेछ।
यस्तै चौथो चरणमा देशलाई सामान्य स्थितिमा फिर्ता ल्याउने कोशिस गरिनेछ। खोप नलगाएका मानिसलाई पनि अस्ट्रेलिया प्रवेश गर्न दिइनेछ तर त्यो उडान पूर्व र पछिको कोभिड–१९ परीक्षण नतिजामा निर्भर रहनेछ।
यस्तै कोरोनाभाइरसको निकै संक्रमणकारी मानिएको डेल्टा भेरिएन्टबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राख्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुको आगमनलाई कम्तिमा पनि अर्को सालसम्म रोक्न सीमा नाकालाई अहिलेकै अवस्थामा राखिने जनाएको छ। शुक्रबार बसेको राष्ट्रिय मन्त्रिपरिषद्को बैठकले हरेक साता अस्ट्रेलिया भित्रने यात्रुको संख्या ६ हजारबाट घटाएर करिब ३ हजार कायम गर्ने निर्णय गरेको छ ।










तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
प्रतिक्रिया