नेपालमा ४० प्रतिशत क्षयरोग बिरामीमा कोरोना पुष्टि

काठमाडौं । नेपालमा ४० प्रतिशत क्षयरोग बिरामीमा कोरोना संक्रमण पुष्टि भएको एक अध्ययनले देखाएको छ । छातीरोग विशेषज्ञ डा. नबिनप्रकाश साहले हालसालै क्षयरोग केन्द्रले गरेको अध्ययन नेपालमा ४० प्रतिशत क्षयरोग बिरामीमा कोरोना संक्रमण पुष्टि भएको देखिएको बताए ।
डा. साहले क्षयरोग र कोभिडको लक्षण करिब उस्तै हुने भन्दै कोरोनासँगै क्षयरोगको समेत परीक्षण गर्न आग्रह गरे । उनका अनुसार नेपालमा हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगका विरामी थपिने देखिएको उनले जानकारी दिए ।
‘क्षयरोग र कोभिड–१९ दुबै स्वासश्वासमा समस्या ल्याउने रोग हुन्’, उनले भने ‘दुबै रोगका लक्षणहरू पनि मिल्दाजुल्दा हुन्छन् । कसैलाई ज्वरो आउने, थकाई लाग्ने, छाती दुख्ने लगायतका लक्षण देखिएमा कोभिडका साथसाथै टिबीसम्बन्धी खकार जाँच गराउनुहुन अनुरोध छ ।’
क्षयरोग भएका रोगीमा कोरोना संक्रमण भए चाँडै निमोनिया हुने तथा स्वाप्रश्वासमा गम्भीर समस्या ल्याउने उनले बताए । कोरोना संक्रमण भए चाँडै निमोनिया हुने तथा स्वाप्रश्वासमा गम्भीर समस्या ल्याउने हुदाँ समयमै सहजगता अपनाउँन उनले आग्रह गरे ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया