गण्डकी प्रदेशको नीति तथा योजना आयोग सदस्यमा अधिकारी

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले सोमबार सपथ गराए ।
आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काको उपस्थितिमा उपाध्यक्ष काफ्लेले सपथ गराएका हुन् ।
सपथमा मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, मन्त्रालयका सचिव लगायत सहभागी थिए ।
३८ वर्षीय अधिकारीले युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट वातावरण विज्ञानमा विद्यावारिधि गरेका छन् ।
उनले भारतको बैङ्गलोर युनिभर्सिटीबाट माइक्रो बायोलोजीमा स्नातक गर्नुका साथै युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट एक्सिलेन्ट इन्टरनेसनल स्टुडेन्ट अवार्डसमेत प्राप्त गरेका छन् ।
अधिकारीले जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोबायोलोजी र बायोलोजी विभागमा प्रमुखको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
















दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रतिक्रिया