अछाम साक्षर जिल्ला घोषणा
मेरोन्यूज
२०७८ असार २२ गते ८:५३

डोटी । जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ।
जिल्ला समन्वय समिति अछामले सोमबार आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मानबहादुर खड्काले साक्षर जिल्ला घोषणा गरे ।
जिल्लामा रहेका अधिकांश नागरिक लेख्न तथा लेखेको पढ्न सक्ने भएका कारण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति अछामले जनाएको छ ।
मन्त्री खड्काले नागरिकको सबैभन्दा ठूलो उपलब्धि भनेको लेख्न र पढ्न सक्ने भएको हुँदा अछामका नागरिक सबैले लेख्न र पढ्न सक्ने भएकामा खुशी व्यक्त गरे ।
उनले भने, “अक्षर चिन्न र लेख्न सके त्यो ठूलो उपलब्धि हो, साक्षर व्यक्तिलाई कसैले पनि ठग्न सक्दैन ।”
सम्बन्धित
















राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया