मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षात्का कारण मध्यपहाडी (पुष्पलाल) राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो ।
दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए । निरन्तरको वर्षात्पछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन स्थानमै खटाइएको छ । आज अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ ।
वर्षात्का कारण अर्को राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–बलेवा जाने सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । बागलुङ पोखरा सडकअन्तर्गत पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि राजमार्गको सडक अवरुद्ध भएको र यात्रु अलपत्र परेका छन् ।









सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया