मनसुनी वायुको प्रभावः अझै तीन दिन वर्षा

काठमाडौं । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा बदली छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि बदली रहनेछ । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति देशका अधिकाश भूभागमा बदली रहनाका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ का एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । बुधबार पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।
प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । बिहीबार पनि यही मौसमी प्रणाली कायम रहनेछ ।
महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौंको अधिकतम ३० र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस छ । विराटनगरमा सबैभन्दा बढी ५८ र काठमाडौँमा २८ मिलिमिटर वर्षामापन गरिएको छ । रासस


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया