युरोकप फुटबल
कस्ले जित्ला फाइनल पुग्ने लडाई : इटाली कि स्पेन ?

काठमाडौँ । जारी १६ औँ संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेलको तयारी हुँदै गर्दा फाइनलमा को पुग्ला भन्ने चासो बढेको छ । आज राति १२ः४५ बजेदेखि इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेलमा इटाली र स्पेन भिड्ने भएसँगै फाइनल पुग्ने टोलीको टुंगो लाग्ने भएको हो ।
आजको खेल जित्दै दुवै टिम फाइन प्रवेश गर्न चाहन्छन् । इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठूला टिमबीचको खेल रोमाञ्चक हुने भएको हो ।
फिफा वरियताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै इटालीले सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । त्यसअघि इटालीले प्रि क्वाटरफाइनलमा अष्ट्रियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
तर, इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिसी स्पेनविरुद्धको खेल कठिन हुने बताउछन् । ‘स्पेन बेल्जियमभन्दा फरक भए पनि जित्न कठिन हुनेछ, स्पेन वर्षौंदेखि बलियो टिम हो,’ प्रशिक्षक मान्सिनी भन्छन्, ‘उनीहरूसँग धेरै राम्रो प्रशिक्षक र खेलाडीहरू छन् ।’
तीनपटक च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको थियो । यस्तै प्रि क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई ५–३ गोल अन्तरले पराजित गरेको थियो ।
स्पेनिस प्रशिक्षक लुइस इन्रिके पनि इटालीविरुद्धको खेल सहज नहुने बताउँछन् । उनी भन्छन् – ‘मलाई लाग्दैन की हामी दुवै टिम एक अर्कामा हाबी हुन्छौँ, त्यसले खेल रोमाञ्चक हुनेछ । इटाली वास्तवमै बलियो टिम हो । उनीहरू धेरै पक्षमा बलिया छन् ।’
इटाली र स्पेनबीच हालसम्म ३३ खेल भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ भने ९ खेल इटालीले जितेको छ र १२ खेल बराबरीमा सकिएको छ ।
पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुईपटक हराउन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ । दुई टिमबीच सातौँपटक युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा हुन लागेको हो ।
इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्याण्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति १ः४५ मा हुनेछ ।

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।
















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया