काठमाडौंमा उपत्यकामा थपिए ५४३ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९० ,भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा ५४३ जना थपिएका जनाएको छ ।
देशभरका कोभिड अस्पतालका आइसीयूमा ५७१ र भेन्टीलेटर १६१ जना संक्रमित उपचाररत रहेको प्रबक्ता डा.कृष्ण पौडेलले जानकारी गराए । देशभर थप २ हजार ९७९ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । उनले अझै पनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जानकारी दिए । उनले भने,“काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।”
त्यसैगरी,आज थप २८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २९१ पुगेको छ ।
उनले अझैपनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जानकारी दिए । उनले भने,“काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।”
नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ९७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३३९ हजार जना संक्रमणमुक्त भएका छन् ६ लाख ११ हजार ३२७ हजार जना निको भएका छन् भने ९ हजार २९१ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २३ हजार ७५६ जना रहेका छन् ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया