चोयाको सामग्री बनाउनेलाई गाउँपालिकाको सहयोग

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थानीय सीपको सम्मान गर्दै चार जनालाई आर्थिक सहयोग गरेको छ ।
चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने सीप भएका सिरिजङ्घा–४ तेल्लोकका चारजनालाई सीपको सम्मान गर्दै गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।
गाउँपालिकाले ‘गाउँमै रोजगार, गर्वको आधार’ कार्यक्रममार्फत स्थानीयवासीलाई सीपको सम्मानका साथै प्रोत्साहित गर्न अनुदान सहयोग गरेको जनाएको छ ।
वृद्ध अवस्थाका चार जनालाई जनही ४० हजारका दरले अनुदान सहयोग उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।
उनका अनुसार सहयोग पाउनेमा तेल्लोकका ८१ वर्षीय श्रीमान गुरुङ, ७१ वर्षीय मनप्रसाद गुरुङ, ६६ वर्षीय खड्गबहादुर गुरुङ र ६० वर्षीय पेम्बा शेर्पा छन् ।
उनीहरुले बाँस तथा मालिङ्गोको चोयाबाट डोको, ढाकी, घुम, खरेटो, बिनायोजस्ता सामग्री निर्माण गरेबापत गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
स्थानीय सीप र सामग्रीको प्रयोग बढाउन तथा स्थानीय उत्पादनको प्रवर्दन गर्ने योजनाअनुसार ‘गाउँमै रोजगार, गर्वको आधार’ नामक कार्यक्रममार्फत सहयोग गरेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।
सहयोग पाउने गुरुङत्रय र शेर्पाले निर्माण गरेका चोयाको सामग्रीको नमूना गाउँपालिका कार्यालयमा बुझाएका थिए ।
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रतिक्रिया