आइतबार, मंसिर ७, २०८२

पौडेल समूहको बैठक जारी, क्रियाशील विवाद प्रमुख एजेण्डा

मेरोन्यूज २०७८ असार २४ गते १४:०३

काठमाडौं । नेपाली कांग्रेसमा जारी क्रियाशील सदस्यता विवाद टुंग्याउने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेको छ । करिब १ घण्टादेखि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक जारी रहेको छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा।शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरू उपस्थित छन् । बैठकमा समायोजन समिति र क्रियाशील छानविन समितिमा रहेका नेताहरूलाई पनि बोलाइएको छ ।

‘समायोजनका नाममा धेरै जिल्लामा मनपरी क्रियाशील बाँडेको विषयमा बैठक जारी रहेको बताइएको छ ।

प्रतिक्रिया