फुटसल सञ्चालनको माग

काठमाडाैं । नेपाल फुटसल व्यवसायी सङ्घले बन्द रहेको फुटसल सञ्चालनको माग गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ । कोभिड–१९ को दोस्रो लहर आएसँगै निषेधाज्ञामा केही सहज देखिएकाले सङ्घले पनि उक्त खुकुलोपनको उपभोग गर्न पाउनुपर्ने माग गर्दै ज्ञापन बुझाएको हो ।
ज्ञापनपत्रमा लामो समय बन्द रहेका कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल सञ्चालनका लागि अनुमति दिन माग गरिएको उल्लेख छ । “खेल क्षेत्रमा पनि सावधानी अपनाई खेल सञ्चालन कार्यविधि निर्माण गर्न हामी व्यवसायीहरू पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ । हाल राज्यले कुनै पहल नदेखाएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएकाले आवश्यक पहल गरी हामीहरूको फुटसल व्यवसाय अविलम्ब सञ्चालनको प्रबन्ध गरिदिन यो ध्यानाकर्षणपत्र बुझाएका छौँ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरकारले यस क्षेत्रमा ध्यान नदिँदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक दिनसमेत नसकेको भन्दै सबै सावधानी अपनाएर फुटसल सञ्चालन गर्न व्यवसायीले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । नेपाल सरकारले अझै पनि समूहमा खेलिने खेल र गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।














माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया