शनिबार, पुष ५, २०८२

चीनबाट ल्याइयो ८ लाख डोज कोरोना खोप

मेरोन्यूज २०७८ असार २५ गते ९:१६

काठमाडौं । सरकारले चीनबाट खरीद गरेको कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो लटमा ८ लाख खोप काठमाडौँ आइपुगेको छ । चीनको राजधानी बेइजिङबाट खोप बोकेर उडेको नेपाल एयरलायन्सको वाइडबडी विमान शुक्रबार विहान साढे ६ काठमाडौँ अवतरण गरेको हो । पहिलो लडमा चीनबाट १० लाख डोज आउने भनिएकोमा ८ लाख डोज मात्रै खोप आएको छ । स्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो लटमा ८ लाख खोप आएको जानकारी दिए ।

विमानमा स्पेश नहुँदा १० लाख डोज खोप ल्याउन नसकिएको स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीदको सम्झौँता गरेको थियो । ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट’ गरेका खोप के कसरी खरीद गरिएको छ भन्ने बारेमा भने केही बताइएको छैन् ।

खोप भने नेपाल एयरलायन्सको विमानले ल्याउने छ । उसले तीन लटका लागि तालिका सार्वजनिक समेत गरेको छ ।

प्रतिक्रिया