चीनबाट ल्याइयो ८ लाख डोज कोरोना खोप

काठमाडौं । सरकारले चीनबाट खरीद गरेको कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो लटमा ८ लाख खोप काठमाडौँ आइपुगेको छ । चीनको राजधानी बेइजिङबाट खोप बोकेर उडेको नेपाल एयरलायन्सको वाइडबडी विमान शुक्रबार विहान साढे ६ काठमाडौँ अवतरण गरेको हो । पहिलो लडमा चीनबाट १० लाख डोज आउने भनिएकोमा ८ लाख डोज मात्रै खोप आएको छ । स्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो लटमा ८ लाख खोप आएको जानकारी दिए ।
विमानमा स्पेश नहुँदा १० लाख डोज खोप ल्याउन नसकिएको स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।
सरकारले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीदको सम्झौँता गरेको थियो । ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट’ गरेका खोप के कसरी खरीद गरिएको छ भन्ने बारेमा भने केही बताइएको छैन् ।
खोप भने नेपाल एयरलायन्सको विमानले ल्याउने छ । उसले तीन लटका लागि तालिका सार्वजनिक समेत गरेको छ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया