नायिका कुँवरको ‘सुसाइड नोट’ : श्रीमान र छोरीहरूले धेरै माया गर्नु हुन्थ्यो

काठमाडौँ । काठमाडौँको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा मृत फेला परेकी नायिका जेनी कुँवरको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको छ ।
श्रीमानसँग बस्दै आएकी नायिका कुँवर बिहीबार राति मृत भेटिएकी थिइन् । उनको शव नजिकै सुसाइड नोटसमेत फेला पारेको हो । उनले सुसाइट नोटमा आफ्नो मृत्युको दोषी कोही नभएको उल्लेख गरिएकी छन् ।
‘मेरो दिमागी हालत ठिक नभएर सुसाइड गरेकी हुँ, मलाई मेरो श्रीमान र छोरीहरूले धेरै माया गर्नु हुन्छ, यसमा कसैको दोष छैन, बिरामी ठिक होला भनेको झनझन् गाह्रो हुँदै गयो, झनझन् गाल्दै गयो, त्यही भएर आत्महत्या गरेकी हुँ,’ सुसाइड नोटलाई उदृत गर्दै एक प्रहरीले नोट कोठामै भेटिएको बताए ।
प्रहरीले उक्त सुसाइड नोट परीक्षण गर्न ल्याबमा पठाउने तयारी गरेको बताएको छ । सुसाइड नोटको परीक्षण गर्न प्रहरीले सामाखुसीस्थित विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको हो ।
कुँवरको शव भने पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया