पार्टी एकता टुंग्याउन अधिकतम प्रयास गर्दै कार्यदल

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा १ बजेदेखि बैठक जारी रहेको छ । बैठकबाट नेता शंकर पोखरेल र रघुजी पन्त बाहिरिएका छन् । बैठकपछि पत्रकारसँग बोल्दै पोखरेलले पार्टी एकता एक दुई दिनभित्रै टुंग्याउने बताएका छन् ।
सहमतिको अधिकतम प्रयास भइरहेको भन्दै उनले सम्भवतः आज भोलि नै एकताको काम सकिखने बताए । यस्तै नेता पन्तले एकता आजै टुंग्याउने गरी सकारात्मक छलफल भइरहेको बताए ।
उनले भने, ‘पार्टी एकतालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सबै साथीले आ-आफ्नो विचार राख्नुभयो । सबैका धारणा र विचारहरूलाई राखेर मस्यौदालाई पूर्ण बनाउने प्रयास भइरहेको छ । आजै सकौं भनेर प्रयासरत छौं । सहमतिको मस्यौदालाई अन्तिम रूप दिने काम भइरहेको छ । मस्यौदामा भएका बुँदाहरू अहिले सार्वजनिक गर्ने बेला भएको छैन ।’
पार्टी एकताका लागि तयार गरेका मस्यौदा फाइनल गरेर पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल सहमति भएपछि सार्वजनिक गरिने उनले बताए ।
















प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी फिर्ताको समय दिउँसो १ बजेसम्म
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
41 days to HoR elections: Election symbol to be provided to candidates today
बाटोमा लडेर बाजुरामा एक जनाको मृत्यु
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया