देउवालाई चुनाैती दिँदै संस्थापन इतरबाट सभापतिमा एकल उम्मेद्वारी दिने नेताहरूकाे तयारी

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर नेताको बैठक सकिएको छ । बैठकको संयोजन गरेका नेता अर्जुननरसिंह केसीले संस्थापनइतरबाट एक जना मात्रै सभापतिका उम्मेदवार उठाउने गरी सकारात्मक छलफल सुरु भएको जानकारी दिए ।
उनले भने, ‘सके पार्टीभित्रै नसके हाम्रो समूहभित्र एकता गराउन प्रयास गर्ने सहमति भएको छ । छलफल निरन्तर रहनेछ ।’ आजको छलफलबाट एकताको सम्भावना बढेकाे उनकाे भनाइ छ ।
कांग्रेसको सभापतिमा आकांक्षीबीच बैठक जारी
केसीको पहलमा काठमाडौँ बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापनइतर पक्षका सभापतिका आकांक्षीहरूबीच पहिलो बैठक बसेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री रामशरण महत र केन्द्रीय सदस्य डा शेखर कोइराला सहभागी थिए ।
आसन्न महाधिवेशनमा संस्थापनइतर समूहबाट एक जनाले मात्रै उम्मेदवारी दिनुपर्ने भन्दै नेता केसीले छलफल गराएका हुन् । संस्थापन पक्षबाट सभापतिका लागि शेरबहादुर देउवा र विमलेन्द्र निधि आकांक्षी छन् । कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदै छ ।
















मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया