देउवालाई चुनाैती दिँदै संस्थापन इतरबाट सभापतिमा एकल उम्मेद्वारी दिने नेताहरूकाे तयारी

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर नेताको बैठक सकिएको छ । बैठकको संयोजन गरेका नेता अर्जुननरसिंह केसीले संस्थापनइतरबाट एक जना मात्रै सभापतिका उम्मेदवार उठाउने गरी सकारात्मक छलफल सुरु भएको जानकारी दिए ।
उनले भने, ‘सके पार्टीभित्रै नसके हाम्रो समूहभित्र एकता गराउन प्रयास गर्ने सहमति भएको छ । छलफल निरन्तर रहनेछ ।’ आजको छलफलबाट एकताको सम्भावना बढेकाे उनकाे भनाइ छ ।
कांग्रेसको सभापतिमा आकांक्षीबीच बैठक जारी
केसीको पहलमा काठमाडौँ बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापनइतर पक्षका सभापतिका आकांक्षीहरूबीच पहिलो बैठक बसेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री रामशरण महत र केन्द्रीय सदस्य डा शेखर कोइराला सहभागी थिए ।
आसन्न महाधिवेशनमा संस्थापनइतर समूहबाट एक जनाले मात्रै उम्मेदवारी दिनुपर्ने भन्दै नेता केसीले छलफल गराएका हुन् । संस्थापन पक्षबाट सभापतिका लागि शेरबहादुर देउवा र विमलेन्द्र निधि आकांक्षी छन् । कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदै छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया