२४ घण्टामा २,१६९ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ असार २६ गते १७:०४

काठमाडौँ । पछिल्लो २४ घण्टामा २१ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१७ जनाको परीक्षण गर्दा २१ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
६ हजार ५३० पीसीआर गर्दा १३ सय ५३ र ३८ सय ८७ को एन्टिजेन परीक्षण ८१६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ । त्यसैगरी २४ घण्टामा १४ सय ३२ जनाले कोरोना जितेका छन् ।
योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ । सँगै २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया