कोपा अमेरिका फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता
मेरोन्यूज
२०७८ असार २७ गते ६:३५

काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ ।
माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे । योसँगै अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ ।
ब्राजिलले पहिलो हाफमा गोल फर्काउन सकेन । आज दुबै टिम उपाधि उचाल्ने योजनामा रहेका छन् । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउट ३-२ ले हराएको थियो । ब्राजिल पेरुलाई १-० गोल अन्तरले पराजित गरेको थियो । एजेन्सी
सम्बन्धित
प्रतिक्रिया