धितोपत्र बोर्डले योग्य कम्पनीलाई ब्रोकर लाईसेन्स दिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सबै योग्य कम्पनीलाई ब्रोकर लाईसेन्स दिने तयारी गरेको छ । जसको लागि एक कार्यदल बनाएको धितोपत्र बोर्डले जनाएको छ ।
बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले प्रादेशिक स्तरीय लाईसेन्समा बढी जोड दिएका छन् । बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने विषयमा भने उनी सकारात्मक भएका छन् ।
लामो समय राष्ट्र बैंकमा काम गरेर आएका उनले सुरुमा बैंकको आफ्नै निश्चित कार्य र जिम्मेवारी हुने भएकोले बैंकलाई बैंक कै काम गर्न दिनु पर्ने बताउने गरेका थिए । ठूलो दबाबपछि उनले यसबारे ब्यबस्था गर्न कार्यदल बनाएका हुन् ।
हाल विद्यमान ब्रोकर सम्बन्धी नियमावलीलाई संशोधन गर्न कार्यदल गठन गरेको छ । बोर्डको संचालक समितिको बैठकले हालको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी ) नियमावलीमा आवश्यक संशोधन गर्नको लागि कार्यदल गठन गरेको हो ।
कार्यदलमा बोर्ड कै ३ जना संचालक समिति सदस्य र बोर्ड ब्यबस्थापनको तर्फबाट २ जना सदस्य छन् । बोर्ड ब्यबस्थापनको तर्फबाट उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी र निर्देशक निरन्जय घिमिरे सदस्य छन् । कार्यदललाई यथाशीघ्र छिटो संशोधनको ड्राफ्ट तयार पार्न भनिएको छ ।
कार्यदलले तयार पारेको नियमावली बोर्डको संचालक समितिले पास गरेपछि सोहि अनुसार नयाँ ब्रोकर लाईसेन्स बितरणको लागि आवश्यक प्रक्रिया अगाडी बढ्ने धितोपत्र बोर्डको भनाई छ ।









नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
Issues instigating conflict being kept under control: Home Minister Aryal
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया