पेस्तोल बेच्न ग्राहक खोज्दै गर्दा बानेश्वरबाट एक पक्राउ
मेरोन्यूज
२०७८ असार २७ गते १८:१८
काठमाडौँ । नयाँ बानेश्वरस्थित कात्यानी चोकबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग रानीपोखरी र नयाँ बानेश्वर वृत्तबाट खटिएको टोलीले धनुषा घर भई हाल बसुन्धरामा बस्ने ३१ वर्षीय जयप्रकाश महतोलाइ पक्राउ गरेको हो ।
हतियार खरिद बिक्री गर्न हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा महतोलाई जाँच गरिएको थियो । प्लाष्टिक झोलाभित्र गम्छा र रुमालले बेरेर लुकाईछिपाई राखेको अवस्थामा मेड इन युएसए लेखेको पेस्तोलसहित उनलाएै पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत बबरमहल काठमाडौँबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया