बुधबार, चैत २५, २०८२

स्याङ्जामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि

मेरोन्यूज २०७८ असार २७ गते २१:३७

काठमाडौँ । स्याङ्जाका दुई जनामा कोरोना भाइरस (कोभिड १९)को डेल्टा भेरियन्ट पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषमा नयाँ भेरियन्ट पत्ता लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नयाँ भेरियन्टको आशंकामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्तिमार्फत जानकारी गराएको छ । निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार उनीहरूमा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते काठमाडौँ पठाइएकामा स्याङ्जाका दुईसहित गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया तीन महिला गरी पाँच जनामा नयाँ भेरियन्ट फेला परेको हो ।

नयाँ भेरियन्ट पुष्टि भएका स्याङ्जाका दुवै जना संक्रमित निको भएर घर फर्किसकेका कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताए । संक्रमितमा अहिले त्यस्तो कुनै पनि समस्या नरहेको उनले जानकारी दिए ।

डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी संक्रमित हुने भएकाले थप सचेतना अपनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

प्रतिक्रिया