बिर्तामोडमा एक युवती मृत फेला, घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन
मेरोन्यूज
२०७८ असार २८ गते १०:१०

काठमाडौं । झापाको विर्तामोड नगरपालिकामा आफ्नै घरको अगाडी एक युवतीको अर्धनग्न अवस्थामा शव फेला परेको छ ।
बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्मदेखि उत्तर तर्फको गल्लीनजिकै बस्दै आएको घरकै आँगनमा २५ वर्षीया सिर्जना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।
बिर्तामोडस्थित सृजनशील सहकारी संस्थामा कलेक्टरको काम गर्दै आएकी बस्नेत दाजुभाउजुको साथमा बस्दै आएकी थिईन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सानुराम भट्टराईका अनुसार उनको घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको हो । अहिले नै सिर्जनाको हत्या/आत्महत्या केही भन्न नसकिने उनले बताए ।
घटनास्थल नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर परिचालन गर्ने एसपी भट्टराईले मेरोन्युजलाई बताए ।
सम्बन्धित
















Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया