अमेरिकाले दिएको जोनसन एण्ड जोनसन खोप काठमाडौं आइपुग्यो

काठमाडौं । अमेरिकाले दिएको कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप काठमाडौं आइपुगेको छ । एक चरणमा मात्र लगाए पूग्ने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप आज नेपाल पुगेको हो । खोप कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको हो ।
खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । खोप हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अमेरिकी सरकारले दिएको खोप नेपाली नागरिकको जीवन रक्षा गर्ने बताए ।
उनले खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने बताए । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० डोज खोप उपहारस्वरुप दिएको बताए ।
उनले अमेरिकाले राजनीति लाभका लागि खोपको व्यापार नगर्ने बताए । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने जनाएको थियो ।
अमेरिकी राजदूत र्याण्डी बेरीले गरेको सम्बोधनको पूर्णपाठ












विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया